११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु

हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर – ८ मैनीहवामा मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। यस्तै, एक जना गम्भीर घाइते भएका छन्। 

आइतबार राति ११ बजेतिर लु ३१ प ७५०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही वडाको पूर्व मैनीहवाका ३५ वर्षीय गिरजेश कुर्मी र उनका ३ वर्षीय छोरा आयांश कुर्मीको मृत्यु भएको हो ।  

गम्भीर घाइते भएका दुवै जनाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले बताए।  

घटनामा गम्भीर घाइते भएका सोही वडा सुखरामपुरका २२ वर्षीय सोनु कोरीलाई उपचारका लागि भैरहवा पठाइएको उनले बताए ।

प्रकाशित: १४ वैशाख २०८३ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App