२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

निरन्तर वर्षा भएपछि उदयपुरका किसान रोपाइँमा व्यस्त

फाइल तस्बिर

निरन्तर वर्षा भएपछि यहाँका किसान रोपाइँमा व्यस्त भएका छन्। उनीहरूलाई गत असारमा पानी नपरेका कारण रोपाइँ हुन नसकेका खेतमा धमाधम रोपाइँ गर्न भ्याइनभ्याइ भएको हो।

कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादवले जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले भने, 'आकासे वर्षा सुरु भएसँगै धान रोपाइँ जारी रहेको छ।'

जिल्लाको त्रियुगा, कटारी र चौदण्डी नगर क्षेत्रमा रोपाइँ लगभग सकिएका छन्। लामो खडेरीको कारण जिल्लाका तराईका किसानले जमिनबाट ‘बोरिङ’ प्रयोग गरेर रोपाइँ गरेका थिए भने पहाडी क्षेत्रका खोलानालाको स्रोत नै सुकेका कारण रोपाइँ ठप्प भएको थियो। रासस

प्रकाशित: २६ श्रावण २०८२ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App