रौतहटमा करेन्ट लागेर एक किसानको ज्यान गएको छ ।
धानबाली सिचाइ गर्नका लागि विद्युतीय मोटरबाट सिचाइ गर्ने क्रममा इशनाथ नगरपालिका वडा नम्बर ८ मन्सरीटोल निवासी ५५ वर्षीय शेख जफिर आलमको करेन्ट लागेर ज्यान गएको हो ।
धान खेतमा पानी लगाउनको लागी जडान गरेको मोटरको तारबाट करेन्ट लागी गम्भीर घाइते भएका जफिरको उपचारको लागी प्रादेशिक अस्पताल,गौरमा लगिएको थियो। अस्पताल उनलाई चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर ज्यान गएका जफिरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
प्रकाशित: १९ श्रावण २०८२ १२:२८ सोमबार





