४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

अन्तःशुल्क स्टिकर मुद्दा : ३८ करोड ६७ लाख बिगो दाबीसहित सर्वोच्चमा पुनरावेदन दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाइ गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।  

आयोगले अन्तःशुल्क स्टिकर छाप्दा त्यसमा संलग्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा बैकुण्ठ अर्यालसहित १२ जना प्रतिवादीले बदनियतपूर्वक सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराई भ्रष्टाचारजन्य कसुर गरेको आरोप लगाएको थियो। आयोगले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो।  

विशेष अदालतले सो मुद्दामा २०८१ मंसिर १३ गते फैसला गरेको थियो। त्यसमा केही प्रतिवादीलाई आंशिक ठहर गर्दै केही प्रतिवादीलाई सफाइ दिएको थियो। उक्त फैसलामा चित्त नबुझेको भन्दै आयोगले आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। रासस

प्रकाशित: ९ भाद्र २०८२ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App