२५ वैशाख २०८३ शुक्रबार
image/svg+xml
समाज

धादिङमा इभी दुर्घटना, केही घाइते

धादिङमा विद्युतीय (इभी) गाडी दुर्घटना हुँदा केही घाइते भएका छन्। 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी वडा नम्बर ६ मा काठमाडौंबाट पोखरा गइरहेको माइक्रो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

दुर्घटनामा परेर माइक्रोमा रहेका १४ जनामध्ये ८-९ जना घाइते भएका धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले नागरिकन्युजलाई जानकारी दिए। 

उनका अनुसार माइक्राले नियन्त्रण गुमाएर सडकको भित्तामा ठोक्किएर पल्टिएको हो। 

प्रकाशित: १३ वैशाख २०८३ १७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App