२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ। आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो।

केन्द्रले ब्लक विकास कार्यक्रम अन्तर्गत भिमाद नगरपालिका-९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूह मार्फत तीन हजार १५० सुन्तलाका बोट लगाइएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले बताए।

उनका अनुसार यस कार्यक्रमका लागि १४ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरिएकामा सात लाख ४८ हजार रूपैयाँ खर्च भएको छ।

यस कार्यक्रम अन्तर्गत सहकारीलाई आठ मिनीटिलर, सात स्प्रेयर, पाँच आरी, दश सिकेचर, दश ट्याक्टर गोठेमल वितरण गरिएको जनाउँदै उनले तीन पोखरी र चार सिँचाइ ट्याङ्की बनाएकाे बताए।

यसैगरी केन्द्रले सोही आर्थिक वर्षमा १९ सहकारी मार्फत फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम गरेको छ। कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरिएकामा १० लाख ४० हजार रूपैयाँ वितरण गरिएको लामिछानेले बताए।

उनकाे अनुसार कार्यक्रम मार्फत ३८१ रोपनी क्षेत्रफलमा लगाइएका फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण भएको छ।

यस कार्यक्रम मार्फत ५० किलो चुना, ४० किलो नीलोतुथो, २६० किलो ‘रेडिमेड पेस्ट’, एक लाख ९४ हजार ८०० किलो गोबर मल, ३०० किलो पिना, तीन हजार १०० मिटर सिँचाइ पाइप, आठ ब्रस कटर, दुई मिनीटिलर, ६० आरी, एक मोटर र एक तराजु वितरण गरिएको छ।

फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रम अन्तर्गत ४१४ रोपनी क्षेत्रफलमा नयाँ फलफूल बगैँचा स्थापना गरिएको केन्द्रले जनाएको छ। कार्यक्रम सञ्चालनका लागि २० कृषक समूह छनोट भएका गरी ३० लाख बजेटमध्ये १३ लाख ५३ हजार रूपैयाँ खर्च भएको लामिछानेले बताए।

यस कार्यक्रमबाट सुन्तला कलमी एक हजार २७२, सुन्तला बिजु तीन हजार २५०, कागती कलमी ४६०, कागती बिजु ७९०, निबुवा ४६०, एभोकाडो १६०, लिची १६७, मेवा ८२०, केरा ५२८, ड्रागन एक हजार ५०० र अन्य बिरुवा ३२९ रोपिएका छन्।

सुन्तला जात फलफूल बगैंचा सुदृढीकरण कार्यक्रम अन्तर्गत सात हजार ९२५ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तला जात फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण गरिएको छ। यसका लागि ६० लाख बजेट रहेकामा ३९ लाख ८८ हजार रूपैया खर्च भएको र ७० कृषक समूह लाभान्वित भएको केन्द्रले जनाएको छ।  

प्रकाशित: ७ श्रावण २०८२ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App