यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिएको छ।
विभागले आज एक सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सवारी धनीलाई निर्देशन दिएको हो।
'सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सबै सवारी धनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ,' जारी सूचनामा भनिएको छ।
गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने निर्णय गरेको थियो।
सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गतेदेखि लागू हुने गरी अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकले निर्णय गरेको हो।
प्रकाशित: ३ भाद्र २०८२ १३:४७ मंगलबार





-600x400.jpg)