कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा घर भत्काएको छ। जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका ८ का सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जप्रेलले बताए।
हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उनको भनाइ छ। हात्तीले बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयबासी त्रासमा छन्।
डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाइएको बताए । हात्ती धपाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायसित समन्वय गरिरहेको उनको भनाइ छ।
डुबेर बालकको मृत्यु
यसैबीच कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु गएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले नहरमा डुबेर बेदकोट नगरपालिका–३ दैजीका आठ वर्षीय शाहिल ओखेडाको मृत्यु भएको बताए । नहरमा नुहाउने क्रममा उनको बुडेर मृत्यु भएको हो।
प्रकाशित: २८ भाद्र २०८३ १७:०२ आइतबार





