१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

दाङमा डिजिटल प्रविधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ।  

विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भएपनि यस वर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने गरि तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। उनका अनुसार डिस्प्ले बोर्ड र वेभसाईड मार्फत सार्वजनिक गर्ने तयारी रहेकोछ। यसले गर्दा एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने र विश्वसनीय हुने सूचना अधिकारी कुँवरले बताए।  

कति लटमा सार्वजनिक गर्ने भन्ने खालको निर्णय गरेर सोही अनुसार दाङका तीन वटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको छ। उनका अनुसार प्रदेश भरकै जिल्लाबाट तयारी गर्ने योजना समेत रहेको छ। त्यो सम्भव नभएपनि दाङमा भने यो अभ्यास गर्ने उनले बताए।

प्रकाशित: १६ फाल्गुन २०८२ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App