११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट मंगलबार साँझ एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्खबहादुर चुमी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्र३–०१–००१प १६०९ नम्बरको पर्यटक मिनी बसको ठक्करबाट पेदलयात्री चुमीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

चुमीको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा रहेको छ भने प्रहरीले बस चालक गोरखाको पालुङटार नगरपालिका–१ बस्ने ३८ वर्षीय मनोज पोख्रेललाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: ३० वैशाख २०८३ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App