१ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

यी हुन् बुढीगण्डकी बाढीमा बेपत्ता ५ जना (नामसहित)

गोरखाको चुमनुव्रीमा पहिरोले बुढीगण्डकी नदी थुनिएपछि आएको लेदोसहितको बाढीमा परी ५ जना बेपत्ता भएका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९५ जनाको सकुशल उद्धार गरिएको छ।

प्रहरीका अनुसार चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङको बीचमा ठूलो पहिरो खसेर नदी थुनिएपछि भीषण बाढी आएको हो।

बाढीमा परी बेपत्ता हुनेहरूमा चुमनुव्री गाउँपालिका-६ चुम्चेत उङ्गिलुङ बस्ने ६५ वर्षीय सोनाम लामा, ६० वर्षीया लाप्पा ठोर्मा लामा, ६८ वर्षीय कर्मा लामा, ६० वर्षीया सोम्बुती लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेका छन्। उनीहरूको खोजी कार्य जारी छ।

बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ। हालसम्म ४५ वटा घर, ९ वटा गोठ, ४ वटा पुल र १ वटा सरकारी कार्यालय भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि १४३ जना प्रहरी परिचालन गरिएको छ। विभिन्न निकाय र स्थानीयको समन्वयमा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

यस्तै, विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट थप ५० जनाको विशेष जनशक्ति तयारी अवस्थामा राखिएको छ।

प्रहरीले बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई नदी किनार र जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। साथै, जोखिमयुक्त सडक तथा पुलबाट आवतजावत नगर्न र प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

प्रकाशित: २५ आश्विन २०८३ १९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App