२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

प्रधानसेनापतिसँगको छलफलपछि दुर्गा प्रसाईंको निष्कर्ष : मलाई नेतृत्वको मोह छैन

मेडिकल व्यवसायी दुर्गा प्रसाई‌ंले आफूलाई नेतृत्व मोह नभएको बताएका छन्।

बुधबार प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग गहिरो छलफलपछि आफूले यस्तो निष्कर्ष निकालेको उनले सामाजिक सञ्जालमा लेखेका छन्। उनले लेखेका छन्, 'आज दिनभर प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो। यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ— मलाई नेतृत्वको मोह छैन।'

देशलाई जसरी निकास मिल्छ, त्यही नै आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ। जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन शाह वा शुशिला कार्की, जोसुकै तयार भए पनि उनीहरूको नेतृत्व आफूले स्वीकार्न तयार रहेको बताए।

उनको स्टाटस यस्तो छ:

आज दिनभर प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो।

यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ—

"मलाई नेतृत्वको मोह छैन।"

देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो।

जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।

तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन।

म जुनसुकै परिस्थितिको लागि पनि तयार छु।

आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ।

अब चाहिएको कुरा हो— गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज।

सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ।

यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो।

अब समय आएको छ— भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर,

देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न।

प्रकाशित: २५ भाद्र २०८२ १९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App