कपिलवस्तु नगरपालिका –०७ धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
तौलिहवा–भैरहवा सडकखण्डको सडक छेउमा बिग्रिएर बनाउँदै गरेको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु.८२ प ८६२८ नम्बरको १५० सीसीको बजाज पल्सर मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला कपिलवस्तु, शुद्धोधन गाउँपालिका –०३ कटैयाभारीका २३ वर्षीय सन्तोष कहार गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हाे।
मोटरसाइकलमा सवार कपिलवस्तु - ०७ पिपरहवाका अन्दाजी ३२ वर्षीय शेषराम पासी र सोही स्थानका अन्दाजी २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन्। दुवै जना घाइतेको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ।
प्रकाशित: २६ श्रावण २०८३ ०९:५९ मंगलबार


-600x400.jpg)


-600x400.jpg)