हरितालिका तीज नजिकिएसँगै कलाकार तथा सर्जकहरू नयाँ तीज गीत रेकर्डिङ तथा भिडियो निर्माणमा व्यस्त छन्। यही क्रममा चर्चित लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक भएको छ।
भागिरथ चलाउने र सरिता सुनारको स्वरमा रहेको उक्त गीत हिजोमात्रै युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा जलन विश्वकर्माको शब्द तथा भागिरथ चलाउनेकै संगीत रहेको छ भने विनोद बाजुरालीले संगीत संयोजन गरेका छन्।
गीतको मिक्सिङ तथा मास्टरिङ खडक बाजुराली, भोकल सम्पादन राजेन्द्र बाजुराली र रेकर्डिङ सागर बाजुरालीले गरेका छन्। गीतको रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो।
गीतको भिडियोमा भागिरथ चलाउने र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन अजय रेग्मीको टिमले गरेको हो भने लक्ष्मण चौहानले सम्पादन गरेका छन्।
गायक चलाउनेका यसअघि पनि थुप्रै तीज गीत सार्वजनिक भइसकेका छन्। ‘झमझम झम्काना’, ‘थोपडाले धोका दियो बरिलै’, ‘मायाले त होला’ र ‘मेरा लागि मर्ने केटो मनै परेन’ लगायतका गीतले दर्शक तथा श्रोतामाझ राम्रो चर्चा र लोकप्रियता पाएका छन्।
चलाउनेले यस वर्ष सार्वजनिक गरेको ‘को मुर्खले लान्छ र मलाई’ गीतले पनि श्रोता तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए।
प्रकाशित: २६ श्रावण २०८३ १०:१८ मंगलबार




-600x400.jpg)
-600x400.jpg)