१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मनाङको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छन् ।  

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नं ट्रक मंगलबार बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । रासस

प्रकाशित: १ वैशाख २०८३ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App