२८ माघ २०८२ बुधबार
image/svg+xml
समाज

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

खाँडाचक्र नगरपालिका-२ थामकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालगन्जबाट खाद्य, खुद्रा, ग्याँस तथा सिमेन्ट बोकेर आएको भे १ ख ४३२६ नम्बरको मालवाहक ट्रक बुधवार राति ८:३० बजे दुर्घटना भएको हो।

मान्म गाउँको मेयर खोलाबाट भित्र थामकोट जाने क्रममा सडक भासिएर भएको दुर्घटनामा दैलेख घर भएका चालक मानबहादुर सारु मगरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएकाे छ।

नेपालगन्जबाट खाँडाचक्र-२ का टक्क पाण्डेको खाद्य खुद्रा तथा सिमेन्ट र आफ्नो ग्यास बोकेर आएको ट्रक सामान धनीको घर पुग्ने बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताए।

उनका अनुसार ट्रक शुभकालिका-४ चौलागाईवाडाका भीमप्रसाद चौलागाईको हो। दुर्घटना स्थल कर्णाली राजमार्गबाट थामकोट गाउँ एक किमीको दूरीमा पर्छ।

प्रकाशित: २९ श्रावण २०८२ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App