२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

हेटौंडामा पिकअप र मोटरसाइकल ठोक्किँदा चालकको मृ*त्यु

मकवानपुरको हेटौंडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीबार राति करिब ८ः४५ बजे हेटौंडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा दुर्घटना भएको हो। हेटौंडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको बा.प्र. ०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल सडकको बीच भागमा एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१७ हटिया निवासी २७ वर्षीय सुदीप पाण्डे गम्भीर घाइते भएका थिए। प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि हेटौंडास्थित सीएमसी चुरेहिल अस्पताल पुर्‍याएको थियो।

अस्पतालमा उपचारका क्रममा राति ९ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ।

प्रहरीले पिकअप गाडी र चालक सिन्धुलीको कमलामाई नगरपालिका–३ निवासी ४८ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०८३ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App