२५ माघ २०८२ आइतबार
image/svg+xml
समाज

‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारी साधन सिल्लेगडा–बडिया सडक खण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो।

सो सवारी साधनका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए। 

सो सवारीसाधनमा चालक मात्र सवार रहेका थिए। दुर्घटनाग्रस्त सो गाडी सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २५ माघ २०८२ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App