२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

हेटौँडा नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीमा ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।  

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ ख ९९२३ नं को कन्टेनर र हेटौँडाबाट चितवन जाँदै गरेको बाप्र ०३-००१ ख ०३९८ नं को ट्रक आज ठोक्किएका थिए।  

घाइते भएका कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका-१५ पिपराभिट्टाका ३८ वर्षीय गोविन्द चौधरीलाई स्थानीयले उद्धार गरी हेटौँडाको सीएमसी चुरेहिल अस्पताल पुर्याएका थिए। चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

प्रहरीले ट्रक चालक चितवनको खैरहनी नगरपालिका-९ का ४२ वर्षीय धनेस्वर चौधरीलाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २९ फाल्गुन २०८२ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App