जेनजीको प्रदर्शनले उग्र रुप लिएर सरकारी र राजनीतिक दलहरूको सम्पत्ति तोडफोड र आगजनी गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय बारा, कलैयाले बुधबार बिहान ६ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ। बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पाैडेलले सूचना जारी गरी बिहान ६ देखि दिउँसो ३ बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन्।
जिल्लाको पूर्वमा रौतहट पश्चिममा पर्सा उत्तरमा बडहर्वा र दक्षिणमा भारतको सिमाना तोकेर जिल्लाभरि कर्फ्यु आदेश जारी गरिएकाे सूचना उल्लेख गरिएको छ।
जिल्ला प्रशासनले जारी गरेको कर्फ्यु समयमा चोक र सडकमा जम्मा भएर प्रदर्शन नगर्न आग्रह गर्दै नेपाली सेना हिँडिरहेका छ्न्। कर्फ्यु समयभित्र घरमै बसेर सहयोग गर्न सेनाले माइकिङ्ग गरिरहेका छ्न्।
प्रकाशित: २५ भाद्र २०८२ ०९:२५ बुधबार




