२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

भौतिकको सरुवामा बेथिति

भौतिक, पूर्वाधार तथा यातयात मन्त्रालयले चार जना  राजपत्राकिंत प्रथम श्रेणी (सहसचिव) तथा एकजना राजपत्राकिंत द्वितीय श्रेणी (उपसचिव)को  सरुवा गरेको छ ।  

मन्त्रालयले वरिष्ठ उपसचिव(सिनियर डिभिजन इञ्जिनियर) हुँदा हुँदै कनिष्ठ उपसचिव(सीडीई)लाई धुलिखेल सूर्यविनायक जस्तो महत्वपूर्ण सडकमा कामू अयोजना प्रमुखको जिम्मेवार दिएको भन्दै मन्त्रालयका केही कर्मचारी असन्तुष्ट भएका छन् ।

मन्त्रालयले विजय महतोलाई सूर्यविनायक धुलिखेल सडक आयोजनाको कामु आयोजना प्रमुखमा नियुक्ति  दिएको छ। महतोभन्दा राजेश पौडेल वरिष्ठ हुन ।  

‘सहसचिवको दरबन्दीमा दुई जना सहसचिवलाई कोरिडोरमा राखेर उपसचिवलाई कामु दिइयो । त्यो पनि वरिष्ठ हुँदाहुँदै कनिष्टलाई अवसर दिइयो’ मन्त्रालयका एक कर्मचारीले भने ।  

यसैगरी मन्त्रालयले श्याम खड्कालाई संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतबाट सडक विभाग मातहतको सम्भार महाशाखा, सूर्यविनायक धुलिखेल सडक आयोजाना प्रमुख ज्ञानेन्द्र झालाई संघीय सढक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत, हरि पोखरेललाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्र (क्युआरडीसी) तथा सौजन्य नेपाललाई मध्यपाहाडी राजमार्गको आयोजना प्रमुखको जिम्मेवारी दिइएको छ । सौजन्य मन्त्रालयमा सबैभन्दा कनिष्ठ सहसचिव हुन । उनलाई ठूलो जिम्मेवारी दिइएको छ ।  

मन्त्रालयले अझै पनि विनोद पुन, अलका प्रजापति, शिला श्रेष्ठ, राजेश दास, मन्दा पन्त र सविना खनाललाई काम नदिइ कोरिडोरमा थन्काएको छ । तर १० ठाउँमा अधिकृत सरहका इञ्जिनियरलाई ठूलो बजेट भएको ठाउँमा निमित्त दिएको छ ।  

नेत्र देवकोटा, वीरेन्द्र चन्द, वीरेन्द्र यादव लगायतका इञ्जिनियरलाई निमित्त दिइएको छ । यसैगरी दुई जना सहसचिव रामहरि पोखरेल र उमेश विन्दु श्रेष्ठलाई कोरिडोरमा थन्काइएको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले एक दुई दिनमा ठूलो संख्यमा डीईहरूको सरुवा गर्ने तयारी गरेको छ । त्यसकोलागि अहिले सूची बनाउने काम भइरहेको स्रोतले बतायो ।

केही डीईहरुले आकर्षक ठाउँमा जान तथा केही डीईहरूले आकर्षक ठाउँमा थमौति राख्न विभिन्न किसिमबाट लविङ गरिरहेका छन् । त्यसका लागि उनीहरु केही दिनदेखि काठमाडौंमा डेरा गरेर बसेका छन् । त्यस्ता डीईहरू अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभागको वरिपरि दिनहुँजसो भेटिने गरेका छन् ।

प्रकाशित: १४ भाद्र २०८२ १९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App