जेन–जी पुस्ताका अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । उनी कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने भएकाले ढुङ्गानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् ।
मिराजले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौंं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएका थिए । माइतीघरबाट सुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो ।
उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेन–जीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका थिए ।
त्यसयता उनका माग पूरा गर्नलाई अहिलेको जेन–जी सरकारले समेत कुनै पहल गरेन । प्रधानमन्त्री सुशीला कार्कीलाईसमेत भेट्न नपाएको मिराजको टिमलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको थियो ।
प्रकाशित: १८ फाल्गुन २०८२ १६:१५ सोमबार





