विपद्का घटनामा परेर एकैदिन १० जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार मात्रै विभिन्न विपद्का घटनामा परेर १० जनाको मृत्यु भएको हो । अरु २५ जनाको घाइते भएका छन् । यस्तै २१ पशुचौपायासमेत मरेका छन्।
सबैभन्दा धेरै चट्याङ लागेर ५ जनाको मृत्यु भएकाे छ भने १९ जना घाइते भएका छन्। आइतबार मात्रै चट्याङका ३८ घटना हुँदा २२ जिल्ला प्रभावित भएका छन्।
यस्तै लेक लागेर दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। आगलागी, सर्पदंश र जनावर आक्रमणमा परेर १-१ जनाको मृत्यु भएको छ। शर्पले टोकेर अरु दुई जना घाइते भएका छन् भने जनावरको आक्रमणमा परेर एक जना घाइते भएका छन्।
आइतबार चट्याङ, आगलागी, वन डढेलो, हावाहुरी लगायतका विपद्का ६९ घटना हुँदा ५२ जिल्ला प्रभावित भएका छन्।
प्रकाशित: १४ वैशाख २०८३ १४:०४ सोमबार





