धनुषामा प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका- २० रुपैठमा हिन्दू-मुस्लिमबीचको विवादले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन् ।
हिन्दू-मुस्लिम समुदायबीच विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाइएको गोली मुखियाको दुईटै खुट्टामा लागेको छ । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएको छ ।

बीच बाटोमा राखिएको विद्युतीय "टावर लाईट" मा मुस्लिम समुदायले झुन्ड्याइएको झण्डाको विषयमा दुई समुदायबीच हिजोदेखि विवाद उत्पन्न भएको छ । आज प्रहरीले मुस्लिम समुदायले राखिएको झण्डा हटाएर हिन्दूले राखिएको झण्डा पनि हटाएपछि प्रहरीमाथि ढुङ्गामुङ्गा गरेका छन् ।
दुई समुदनयबीच विवाद उत्पन्न हुँदा दुवै पक्षबीच ढुङ्गा मुढासँगै झडप भएको हो । अहिले त्यहाँका अवस्था तनावग्रस्त बनेको छ ।

स्थित उग्रबन्न नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । झडपमा परी प्रहरी पनि घाइते भएका छन् ।
प्रकाशित: १५ भाद्र २०८२ २०:४५ आइतबार



-600x400.jpg)

