१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

धादिङ बस दुर्घटना अपडेट : मृत्यु हुनेमा तीन जना तनहुँका

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेका छन्।

मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ का ५५ वर्षीय विष्णुमाया ढकाल र भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको छ।  

यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का ४५ वर्षीय सोमप्रसाद मल्ल, म्याग्दे गाउँपालिका–६ का ४४ वर्षीय मानबहादुर थापा, व्यास नगरपालिका–५ की ३८ वर्षीया सुकमाया श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१२ की सदीक्षा हमाल र शुक्लागण्डकी नगरपालिका–४ का १८ वर्षीय सुविन मल्ल घाइते भएका छन्। उनीहरूको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App