२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

देवानगन्ज खुल्यो

सुनसरी देवानगन्ज -३ को कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि बन्द रहेको गाउँपालिका र वडा कार्यालय १७ दिनपछि बिहीबार खुलेको छ। गाउँपालिका र वडा कार्यालय नियमित सञ्चालनमा आएको पहिलो दिन सेवाग्राहीको जमघट थामिनसक्नु थियो।

साउन १० गते बोलबम जान लागेका युवाले देवानगन्ज– ३ मा मन्दिरमा डिजे ठुलो आवाजमा बजाएको विषयमा दुई युवा समूहबिच भएको झडप बढेर गई उग्र रूप लिएको थियो। त्यसयता गाउँपालिका र वडा कार्यालय बन्द रहेका थिए। ‘बिहीबार सेवाग्राहीको थामिनसक्नु चाप भयो। सेवाग्राहीको भिडले कार्यालय समयपछि पनि काम गरियो’, गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले बिहीबार साँझ टेलिफोनमा भने।

देवानगन्जमा गाउँपालिकामा सातवटा वडा कार्यालय छन्। उनका अनुसार सेवा लिनका सबैजना निर्धक्कसाथ आए। ‘सेवा लिन सबैजना निर्धक्कसँग कार्यालय आए’, उनले भने, ‘अब विस्तारै समाजमा पनि सहज बन्दै जाला।’

दुई समुदायबिचको असमझदारीलाई पनि अगुवा बसाएर विस्तारै अझै सहज बनाउने याजना भइरहेको उनले बताए। साउन १९ गते मृत्यु भएका १९ वर्षीय रवीन्द्र मेहताको बुधबार दिउँसो दाहसंस्कार भएसँगै बिहीबारदेखि गाउँपालिका र वडा कार्यालय सञ्चालनमा आएका हुन्।

प्रकाशित: २९ श्रावण २०८३ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App