१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

देवानगञ्ज आज बिहानैदेखि शान्त

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा भएको दुई पक्षीय झडपको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समिति बुधबार घटनास्थल पुगेसँगै शान्त रहेको छ।

गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा रहेको पाँच सदस्यीय टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दा, सरोकारवाला निकाय र पीडित परिवारसँग छलफल थालेको छ।

जसले गर्दा आज बिहानैदेखि त्यहाँको अवस्था शान्त रहेको छ। घटनास्थल क्षेत्र कप्तानगञ्ज बजार क्षेत्रमा ठूलो संख्यामा सेना, सशस्त्र र जनपथ परिचालन गरिएको छ। कर्फ्यु भने जारी छ।

प्रकाशित: १३ श्रावण २०८३ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App