नेपाली कांग्रेसका सभापति देउवाले बिहारका मुख्यमन्त्री नितीश कुमारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्स मार्फत सभापति देउवाले सफल कार्यकालको शुभकामना दिएका हुन्।
उनले लेखेका छन्, ‘मेरा मित्र नितिश कुमारलाई बिहारको मुख्यमन्त्रीको रूपमा निरन्तरता पाएकोमा बधाई छ। राज्यलाई प्रगति र समृद्धितर्फ डोऱ्याउन सफल हुनुहोस् भन्ने कामना गर्दछु। म नेपाल-भारत सम्बन्ध, विशेष गरी नेपाल र बिहार बीचको सम्बन्धलाई अझ सुदृढ पार्न तत्पर छु।’
हालै सम्पन्न बिहार विधानसभा चुनावमा सत्तारुढ गठबन्धन भारी मतसहित विजयी भएको थियो। त्यसपछि बिहीबार २६ मन्त्रीहरूसँगै नितीश कुमारले १० औं पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्।
प्रकाशित: ६ मंसिर २०८२ ११:१२ शनिबार





