वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री हुने सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न सम्बद्ध सबैलाई ध्यानाकर्षण गराएको छ।
नियमित बजार अनुगमनमा विशेष गरी तिहारमा प्रयोग हुने भाइ मसला, तामा/चाँदीका भाँडा, झिलिमिली बनाउने विद्युतीय सामग्रीलगायत अन्य वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखिएको पाइएको विभागले जनाएको छ।
विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता राख्न प्रयासरत रहेको उल्लेख गरेको छ। यसका लागि व्यापारिक संघ, संगठन, व्यवसायी र उपभोक्तावादी संघ, संगठन र उपभोक्ताको महत्त्वपूर्ण योगदान रहने विभागको भनाइ छ।
उपभोक्ताले खरिद गर्ने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल वा मूल्य सूची भएको वस्तु खरिद गर्न विभागले स्मरण गराएको छ। उपभोक्ताको कुनै गुनासो भए विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन अनुरोध गरेको छ।
प्रकाशित: २७ आश्विन २०८२ ०६:२९ सोमबार





