१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

विभागद्वारा एकै दिन ५४ फर्ममा अनुगमन

बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ। एकै दिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुमगन गरेको हो।

कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि विभागले एकै दिन ५४ वटा फर्ममा अनुगमन गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले उल्लेख गरेको छ। विभागले काठमाडौं महानगरपालिका-१४ मा अवस्थित खसीबजार आसपासका क्षेत्रमा अनुमगन गरेको थियो।

विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकारकर्मी, सरोकार भएकाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजारको अनुमगन गर्दै आएको जनाएको छ।

प्रकाशित: १ वैशाख २०८३ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App