१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चार माध्यमलाई दिन माग

सरकारी विज्ञापन निजी संचारमाध्यमलाई पनि दिन माग गर्दै नेपाल पत्रकार महासंघ मोरङले जिल्ला समन्वय समिति मोरङलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको नेतृत्वमा गएको टोलीले जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झालाई ज्ञापनपत्र बुझाएको हो।

सरकारले सरकारी संचार माध्यमलाई मात्रै सरकारी विज्ञापन दिने विभेदकारी निर्णय गरेको भन्दै मोरङका स्थानीय तहहरूसँग समन्वय गरेर निजी संचार माध्यमलाई पनि सरकारी विज्ञापन दिने व्यवस्था मिलाइदिन अध्यक्ष पाठकले आग्रह गरिन्।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गरेको निर्णय अनुसार मोरङ शाखाले पनि ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समिति मोरङकी उपाध्यक्ष झाले पत्रकारहरूको हकहितका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित: १५ वैशाख २०८३ १९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App