१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

मनसुनजन्य विपदमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो

फाइल तस्बिर

असोज १७ गते शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

मृत्यु हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको मृत्यु भएको उनले बताए।

यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जनाको मृत्यु भएको छ। उदयपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक जना पुरुषको मृत्यु भएको छ।

रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जना, मोरङ, सिन्धुली र महोत्तरीमा एक-एक जना महिलाको मृत्यु भएको छ। यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेपलाञ्चोकमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ। रासस

प्रकाशित: २० आश्विन २०८२ २१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App