पाँच किलोवाट क्षमताको महखोला लघुजलविद्युत् परियोजनाको टर्बाइन बिग्रिएपछि जिल्लाका दुर्गम गाउँ सिस्नेरी र खवाङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्।
गत सोमबारदेखि बिग्रिएको टर्बाइन आजसम्म मर्मत नहुँदा दुई गाउँका सर्वसाधारणले बिजुली उपभोग गर्न नपाएका खवाङका स्थानीय चामबहादुर पुनले दुखेसो गरे।
नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बिग्रेको टर्बाइन मर्मतसम्भार वा नयाँ प्रतिस्थापन गरेर ती गाउँमा बत्ती बाल्ने प्रयासमा आफूहरू रहेको जानकारी दिए।
प्रकाशित: १९ असार २०८३ १४:१८ शुक्रबार




-600x400.jpg)
