सशस्त्र प्रहरी बल सीमा सुरक्षा १३ नम्बरका गण वीरगन्ज मातहत रहेका युनिटहरूले २३ लाख मूल्य बराबरको भन्सार छली गरेर भारतबाट ल्याइएका माल बस्तुहरूलाई नियन्त्रणमा लिएको छ।
सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगन्ज, बोडर आउटपोष्ट सिर्सिया र सीमा सुरक्षा गुल्म हेडक्वार्टर भिखमपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ती भन्सार छलीको माल बस्तु लोड गरिएको म्याजिक भ्यान र टाँगालाई समेत नियन्त्रणमा लिएको हो।
वीरगन्जको गण्डक, छपकैया र इनर्वाबाट आइतबार र सोमबार गरी दुई दिनमा कपडा, हार्डवेयर, कम्प्युटर पार्टस, फलफूल, मोटरसाइकल पार्टस लगायतको माल बस्तुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा १३ नम्बरका गण वीरगन्ज पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले बताए।
म्याजिक भ्यान र टाँगासहित २३ लाख ५८ हजार ९० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई थप कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जोशीले बताए।
प्रकाशित: १८ श्रावण २०८३ १९:१६ सोमबार





