जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि आदेश जारी गरेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार लागू गरिएको कर्फ्युआदेश आज साँझ ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कायम रहनेछ।
कर्फ्यु अवधिभर निषेधित क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत गर्न पाइने छैन। आदेश उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनी दिइएको छ।
प्रकाशित: २६ भाद्र २०८२ १७:४३ बिहीबार





