२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा मतगणना स्थल तयार

ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि मतगणनास्थल तयार भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार जिल्ला अदालतमा दुई वटा स्थानमा मतगणना गर्नेगरी तारजालीको घेराबारासहित मतगणनास्थल तयार भएको छ।  

मतगणनास्थलमा दुईवटा सिसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए। यस्तै, मतपेटिका भण्डारका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुईवटा कक्ष तयार गरिएका छन्। मतपेटिका भण्डारण भएका कक्षको सिसी क्यामेराबाट निगारानी गरिने र चौबिसै घण्टा दक्ष प्राविधिक र सुरक्षाकर्मीले पहरा दिने उनले बताए।

यस्तै, निर्वाचन क्षेत्रमा विद्युत आपूर्ति बन्द नहुने गरी व्यवस्था मिलाईएको श्रेष्ठले बताए।

उत्तरी हिमाली क्षेत्रका ओलाङचुङगोला,याङ्मा,घुन्सा र ग्याब्ला मतदान केन्द्रमा मतपेटिका मतदान सम्पन्न लगत्तै हेलिकोप्टरबाट ल्याउने कार्ययोजना छ। फागुन २२ गते बिहान ३ः०० बजेभित्रमा जिल्ला भरका सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याई बिहान सर्वदलिय सर्बपक्षिय बैठक बसेर २२ गते नै दिउँसोबाट मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए।  

मतगणना सुरु भएको १८ घण्टा भित्रका प्रत्यक्षतर्फको मतगणना सक्नेगरी तयारी गरिएको उनले बताए । ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेको ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता छन् । 

प्रकाशित: २० फाल्गुन २०८२ १५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App