३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

कटहरियाका पूर्वनिमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगले सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याई मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा साहसहित सहायक लेखापाल विवेक कुमार सहनी, सहायक स्तर पाँचौं राम नरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्रलाई प्रतिवादी बनाएको हो।

यसबाहेक सरिता फाउण्डेसन काठमाडौं र फाउण्डेसनकी निर्देशक सरिता कुमारी साहलाई समेत मुद्दामा विपक्षी बनाइएको छ। उनीहरूविरुद्ध जनही ९ लाख ९८ हजार ९२१ रुपैयाँ विगो माग गरिएको आयोगले जनाएको छ।

आर्थिक वर्ष २०७७/७८ को नगरसभा स्वीकृति बिना सरिता फाउण्डेसनका नाममा पाँच लाख रुपैयाँको चेक काटी रकम हिनामिना गरेको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रतिवादीहरूले मिलेमतोमा बदनियतपूर्वक ९ लाख ९८ हजार ९२१ रुपैयाँ सरकारी कोषबाट भुक्तानी लिइ–दिई हिनामिना गरेको प्रमाणित हुँदा सोही बराबरको विगो तथा कानुनी सजाय मागसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

 

प्रकाशित: १६ मंसिर २०८२ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App