१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न संयोजक दाहालको आग्रह

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले धादिङमा आज बिहान भएको बस दुर्घटनामा ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनले ‘पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको दुःखद् खबरले म अत्यन्त मर्माहत भएको’ बताएका छन्।

सामाजिक सञ्जालमार्फत संयोजक दाहालले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र उद्धार र प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित: ११ फाल्गुन २०८२ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App