१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलबिचचको समन्वयात्मक बैठक सम्पन्न

सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिच भएको द्विपक्षीय नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ।

बैठक समापन पश्चात सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कार्तिक २९ गते शनिबार स्वदेश फिर्ता भएका छन्। उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

सो बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा छिमेकी मुलुक भारतको सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक संजय सिंघलले नेतृत्व गरेका थिए।

कार्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा संचालन भएको उक्त समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबिच छलफल भएको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाे जानकारी दिए।

२०८१ मंसिरमा काठमाडौंमा सम्पन्न भएको आठौँ समन्वयात्मक बैठकबाट पारित एजेण्डाका विषयमा समेत समीक्षा भएको थियो। बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल भएको थियो।

उक्त बैठकमा भाग लिन महानिरीक्षक अर्यालको साथमा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल कार्तिक २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रकाशित: ३० कार्तिक २०८२ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App