१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

आयोजनाको म्याद एक वर्ष थप गर्न निर्माण व्यवसायीको माग

पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरूको म्याद एक वर्ष थप गर्न निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले माग गरेको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी महासंघले बजारको मूल्यबृद्धिका आधारमा लागत मूल्य समायोजन गर्न र आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको हो ।  

मध्यपूर्वको तानबका कारण तेल र विटुमिनको मूल्य अस्वभाविक रुपमा बढेको । विटुमिनको अभाव भएको र ढूवानी लागत बढ्दा निर्माण समाग्रीको मूल्य आकाशिएका कारण आयोजनाहरूका लागतमूल्य तत्काल समायोजन गर्न निर्माण व्यवसायीहरूले सरकारसँग माग गरेका छन् । कानुनमा पनि १० प्रतिशत भन्दा बढीले मूल्य बृद्धि भएको अवस्थामा लागत मूल्य समायोजन गर्न सकिने व्यवस्था रहेको निर्माण व्यवसायी महासंघ कोशीका अध्यक्ष जनसेवक भण्डारीले बताए । उनका अनुसार तत्काल आयोजनाको लागत मूल्य समायोजनको ग्यारेन्टी गर्न, अवस्था समान्य हुन्जेलकाका लागि कम्तिमा एक वर्ष आयोजनाको म्याद थप गर्न सरकारसँग माग गरे ।  

पूर्वाधार निर्माणको मूख्य  सिजनमा नै निर्माण सामाग्री अभाव र मूल्यबृद्धिले समस्या भएको उनको भनाई छ । गौतमले भने‘पूर्वाधार निर्माणको काम गर्ने सिजनमै निर्माण प्रभावित भएकाले पूर्वाधार निर्माणको निरन्तरताका लागि सरकारले सहजीकरण गरिदिन आबश्यक छ ।’ व्यवसायीका अनुसार डिजेल र विटूमिनमा दुई महिना यता करिब शतप्रतिशत र अन्य निर्माण समाग्रीमा ४० प्रतिशतले मूल्य बृद्धि भएको छ । अन्य कामहरू थोरै मात्रामा भइरहे पनि कालोपत्रेको का मभने यतिवेला ठप्प भएको व्यवसायीहरूले बताएका छन् । 

प्रकाशित: १३ वैशाख २०८३ २१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App