२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

हिन्दु राष्ट्रको कामना गर्दै कांग्रेस सांसदले सुरु गरे दण्डवत् प्रणाम यात्रा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले हिन्दुराष्ट्र नेपालको कामना गर्दै दण्डवत् प्रणाम यात्रा सुरु गरेका छन्।

आइतबार बिहान १० बजेदेखि विराटनगर– ३ स्थित शिव पाञ्चायन मन्दिरबाट सिंघिया घाटसम्म सडकमा घस्रेर दण्डवत् प्रणाम यात्रा सुरु गरेका हुन्।

विगतमा विभिन्न मनोकामना राखेर दण्डवत् प्रणाम यात्रा गर्दै आएका पराजुलीले केहिवर्ष यता हिन्दु राष्ट्र नेपालको कामना गर्दै छठ माताको व्रत बसी दण्डवत् प्रणाम यात्रा गरेको पराजुलीले बताए।

करिब ३० वर्ष देखि निरन्तर निराहार छैठी माताको व्रत बसी पराजुलीले दण्डवत् प्रणाम यात्रा समेत गर्दै आएका  हुन्।

मन्दिर देखि सिंघिया घाटसम्म साँढे ३ किलोमिटर दुरी रहेको छ। उक्त दुरी पार गर्न ३ घण्टा लाग्ने पराजुलीले बताए। छठ माताको ब्रत बसी गरिएको मनोकामना पुरा हुने जनविश्वास छ।

तराई क्षेत्रमा भव्य रूपमा मनाइने छठका लागि विराटनगरका खोला , पोखरी र नहरहरूलाई विशेष रूपले सजाइएको छ। 

विराटनगरको सिंघिया, केसलिया, सुनसरी मोरङ सिँचाई आयोजनाको नहर, मण्ठा पोखरीलगायतका स्थानमा घाट निर्माण गरी श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी गरिरहेका छन्।

आइतबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। सोमबार बिहान उदाउने सूर्यलाई अर्घ दिए पछि चार दिन लामो बर्त सम्पन्न हुन्छ।

प्रकाशित: २९ कार्तिक २०८३ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App