२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

सरकारी जमिनमा व्यावसायिक मुङखेती

कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले सरकारी जमिन व्यावसायिक खेती थालेको छ।

अभियानका रूपमा मुङखेतीको गरिएको बताउँदै वडाध्यक्ष धनराम ओलीले त्यो सफल भएको जानकारी दिए। हाल १८ कट्ठा जमिनमा मुङखेती गरिएको छ।

हाल उक्त वडावासी मुङखेतीतर्फ आकर्षित भएका छन्। कृषि अभियान मुङखेतीमा मात्र सीमित छैन टनेल बनाएर च्याउको व्यावसायिक उत्पादन पनि भएको छ।

वडा कार्यालयले आँप, कटहर, अम्बा, कागतीलगायत अमिला फलका बिरुवा हुर्काइरहेको छ। साथै खाली जमिनमा राजमा र तोरीखेती गरिएको छ।

प्रकाशित: २० कार्तिक २०८२ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App