१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

आज देशभर बदली : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्बिर

आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश स्थानमा तथा कोशी र बागमतीका पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्नेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका एक-दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना कायम रहनेछ। ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले वर्षाका कारण बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: १० आश्विन २०८३ ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App