हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ। साथै देशको अधिकांश भागको मौसम सफा रहने छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिउँसो देशको पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भागको केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ। कोशी प्रदेशलगायत देशको पहाडी भागको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
प्रकाशित: १० आश्विन २०८२ ०६:३८ शुक्रबार





