२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

नागरिककर्मी अधिकारी नगदसहित पुरस्कृत

पाथीभरा क्षेत्र विकास समितिले नागरिक दैनिकका ताप्लेजुङ संवाददाता खगेन्द्र अधिकारीसहित दुई पत्रकारका साथ पाथीभरा क्षेत्रको प्रचार र प्रवर्द्धनमा सक्रिय व्यक्तित्वलाई नगद सहित सम्मान गरेको छ । 

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार पाथीभरा क्षेत्रको प्रचार एवम् प्रवर्द्धनमा सक्रिय पत्रकार अधिकारी तथा रेडियो तमोरका स्टेसन म्यानेजर कृष्ण फुरुम्बु लिम्बूलाई पुरस्कृत गरिएको हो । 

अधिकारी र फुरुम्बोलाई जनही नगद ११ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए ।  

प्रकाशित: २ भाद्र २०८२ १८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App