२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

अपाङ्गता भएका दुई व्यक्तिलाई घरमै नागरिकता

जिल्ला प्रशासन कार्यालय खाेटाङले दुई नागरिकलाई घरमै पुगेर नेपाली नागरिकताकाे प्रमाणपत्र प्रदान गरेकाे छ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिका वडा नं. ८ का शारीरिक अपाङ्गता भएका थिरबहादुर खत्री र गणेश खत्रीलाई नेपाली नागरिकताकाे प्रमाणपत्र प्रदान गरेकाे हाे। साथमा खत्रीद्वयलाई एकएक थान कम्बल पनि प्रदान गरेका छन्।

वडाध्यक्ष लिला चाैहानले वर्षाले बिगारेकाे कच्ची सडक छिचाेल्दै प्रशासनको टोली गाउँमै पुगेर सेवा प्रवाह गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन्। उनले नागरिकतासँगै कम्बल वितरण गरिनुले सेवाग्राहीमा थप उत्साह थपिएको बताए।

प्रकाशित: २७ जेष्ठ २०८३ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App