२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

फौजी किराले मकै सखाप पारेपछि किसान चिन्तित

फौजी कीराले मकैबालीमा क्षति पुर्याएपछि भोजपुरका किसान चिन्तामा परेका छन्।

विशेषगरी बेँसी क्षेत्रका बारीमा कीराको आक्रमण बढी देखिएको छ।

फौजी कीराले पात, डाठ र गाभा नै खान थालेपछि बाली सखाप हुने अवस्थामा पुगेको पौवादुङमाका किसानहरू बताउँछन्।

फौजी कीराले मकैको कोमल भागमा आक्रमण गर्ने गर्दछ। यसले सुरुमा पातमा स–साना प्वाल पार्दै खाने र मकैको गाभाभित्र पसेर भित्री भाग नै खाने गरेको पौवादुङमा–६ ठूलोदुम्माका किसान बलराम राईले बताए।

‘पानी नपरेर मकै राम्रोसँग बढ्न सकेन’, उनले भने, ‘त्यसमाथि फौजी कीराले झन् नोक्सान गर्यो। वर्षात् भएमा कीराको क्षति कम हुने थियो। खडेरीका कारण पनि बढी क्षति पुर्याएको अवस्था छ।’

किसानहरूले समयमै नियन्त्रणका उपाय नअपनाइएमा अझ ठूलो क्षति हुनसक्ने भन्दै सम्बन्धित निकायसँग तत्काल सहयोगको माग गरेका छन्।

प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाएर अनुगमन तथा परामर्श दिने काम भइरहेको पौवादुङमा गाउँपालिकाका कृषि शाखाका प्राविधिक वर्तेन्द्र राईले बताए। 

प्रकाशित: २९ जेष्ठ २०८३ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App