२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

चितवनका सिडिओ, भरतपुर महानगरपालिका सहित अधिकांश कार्यालयमा आगजनी

चितवन जेन-जीको कब्जामा आएको छ । मंगलबार जेन-जी पुस्ताले चितवनका सरकारी कार्यालय सहित जिल्लाका अधिकांश सरकारी कार्यालय र पार्टी कार्यालयहरूमा तोडफोड गरेका हुन् ।

सुरुमा एमाले पार्टी कार्यालयबाट आगोलागि गर्न सुरु गरेका जेन-जीले नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेसको पार्टी कार्यालय, भरतपुर महानगरपालिका, राजश्व कार्यालय, मालपोत, वकिल कार्यालय लगायतका कार्यालय जलेका छन् ।

त्यस्तै पूर्वी चितवनका रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकामा पनि आगजनी भएको छ ।

प्रकाशित: २४ भाद्र २०८२ १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App