१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

जेन-जी समर्थकहरूले रौतहटको चन्द्रपुर नगरपालिकामा आगजनी गरेका छन्। मंगलबार बिहानैदेखि जेन-जी समर्थकहरूले चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्ड अवरुद्ध पार्दै करिब छ वटा सवारी साधन तोडफोड गरेका छन्।  

आन्दोलनकारीहरूले सरकारी दमनले विरुद्धमा नाराबाजी गर्दै चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगो लगाएका छन्। आगलागीको कारण नगरपालिका भित्रका महत्वपूर्ण सामग्री जलेका छन्।

रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरिले जेन-जी समर्थकहरूले हाइबे जाम गरेर प्रदर्शन गरिरहेको बताए। प्रदर्शनकारीले दुईवटा टयाङ्कर, टाटा सुमोलगायतका सवारी साधन तोडफोड गरेको बताए।

यसैगरी सर्लाहीको सदरमुकाम मलङ्गवामा पनि समर्थकहरूले बजार बन्द गर्दै आन्दोलनमा उत्रेका छन्।

सदरमुकाम मलङ्गवा बजार परिक्रमा गरेर जिबिस चौकमा टायर बालेर सरकारविरुद्ध प्रदर्शन गरिरहेको बुझिएको छ। आन्दोलनका कारण मलङ्गवा बजार बन्द भएको स्थानीय चन्दन सिंहले बताए।

प्रकाशित: २४ भाद्र २०८२ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App