२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

गैँडा मुद्दाका कैदी भागेपछि संरक्षणमा चुनौती

चितवन कारागारबाट एकसिंगे गैँडासँग सम्बन्धित मुद्दाका कैदी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ। कारागारमा रहेका यस्ता मुद्दाका ४८ कैदीमध्य २६ जना मात्र फर्किएका छन्।

भदौ २५ गते बिहान भागेका कैदीमध्य हालसम्म ४०९ जना फर्किएका छन्। जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका छन्। कारागारमा जम्मा ७४४ जना कैदी थिए। तीमध्य दुई जनाबाहेक अरू सबै भागेका थिए। कारागारका प्रमुख रविंद्रप्रसाद ढुंगानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ। जसमध्य ६० जना सम्पर्कमा छैनन्।

गैँडासँग सम्बन्धित कैदी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ। सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरूको सूची बनाएर त्यस क्षेत्रमा निगरानी बढाइएको छ। गैँडा तस्करीमा लागेकाहरू पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रूपमा लिएको छ।

प्रकाशित: ३१ भाद्र २०८२ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App